काठमाडौं, १९ असार । दोस्रो चरणको स्थानीय तको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिबद्धता व्यक्त गरेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डँडेलधुरामा नराम्ररी पराजित भएका छन् ।
पत्नी आरजु र डँडेलधुराका कांग्रेस जिल्ला सभापति कर्ण मल्लका बीचका विवादका कारण यस जिल्लामा कांग्रेसले नराम्रो हार व्यहोर्नु परेको हो । देशान्तर साप्ताहिकमा समाचार छ । देउवाको गृहनगर डँडेलधुराको अमगढी नगरपालिका देउवाकै नेतृत्व असक्षमताका कारण एमालेको पोल्टामा पुगेको छ । यसअघि कांग्रेसको राम्रो पकड मानिएको अमरगढी नगरपालिकामा आरजुको दबाबमा डिल्लीराज ओझालाई टिकट दिइएको थियो ।