Indrenionline.com

पहिरोले घर पुरिदा घरमा रहेकी बालिका वेपत्ता

शशिधर भण्डारी

प्यूठान, १८ असार । पहिराले घर पुरिदाँ एक बालिका वेपत्ता भएकी छन् । गए रातिको अविरल बर्षासंगै झरेको पहिरोले घर पुरिँदा गौमुखी गाउँपालिका ३ रजवारा –पोखरा) कि १६ बर्षिय तुलसा घर्ति वेपत्ता भएकी छन् ।

गएराति केर बहादुर घर्तिको घरमा पहिरोले घर पुरेपछि आफु सहित तिन जना पुरिएका थिए । केर बहादुर घर्ति र उनकी श्रीमतिको स्थानीयले उद्धार घरेका छन् भने छोरी वेपत्ता रहेको स्थानीय गोर्वधन थापाले जानकारी दिए । उनका अनुसार रजवाराका ३ वटा पुल, ३ वटा घरमा क्षति पुगेको छ भने रजवाराबाट चल्ने लद्यु विद्युतको परेको प्रभावका कारण राति देखि विद्युत अवरुद्ध छ र मोवाईल टावर समेत भरपर्दो छैन् ।

प्रहरी उद्धारका लागि घटना स्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रञ्जित सिंह राठौरले जानकारी दिएका छन् ।

गत बर्ष मात्रै प्यूठानका ५४ जनाको वाढीपहिरोका कारण ज्यान गएको थियो त्यस्को १ बर्ष नवित्दै फेरी प्यूठानमा घटना शूरु हुनुले प्यूठानको उत्तरी क्षेत्र तनाव ग्रस्त बनेको छ ।