जाजरकोट, १८ असार । बारेकोट–४ जिरीका १२ वर्षीय भीमराज रावत चार वर्षदेखि खोरमा थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका उनलाई अभिभावकले नै घरछेउको खोरमा थुनेका हुन् ।
बुबा कालीबहादुरका अनुसार चार वर्षअघिदेखि बर्बराउने, रिसाउने, हाँस्ने, डराउने व्यवहार गर्ने भीमराज अचेल बोल्नसमेत छाडेका छन् । छोराको उपचारका लागि धामीझाँक्री, जडीबुटीदेखि केही अस्पतालसम्म पुगे पनि ठीक नभएको उनले बताए । नयाँ पत्रिकाबाट