इन्द्रेणी संवाददता
दाङ, २६ जेठ
दाङसहित राप्तीका २ जिल्लामा अवरुद्ध भएको विद्युत सुचारु भएको छ ।
विद्युत पोलमा समस्या भएपछि दाङको घोराही, तुलसीपुर, रोल्पाको होलेरी क्षेत्र र सल्यानमा विद्युत आपुर्तीमा समस्या भएको थियो । यस क्षेत्रमा हिजो दिउसो साढे ४ वजेपनि विद्युत आपुर्ती नहुँदा सर्वसाधारण, उद्योगग, कलकाराना र सञ्चार माध्यमहरु प्रभावित भएका थिए ।
विद्युत प्राधिकरण घोराहीका कोर्डिनेटर इश्वर प्रसाद चौधरीले विग्रिएको स्थानमा विद्युत मर्मत गरेको जानकारी दिनुभयो ।।