गणेश आचार्य
तुलसीपुर,१६ असार । २१ दिन अघी अपहरणमा परेका तुलसीरपुरका व्यापारी राजकुमार श्रेष्ठको शव फेला परेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ को जंगलमा उनको शव भेटिएको राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अपराधिक गिरोहले पैसवाकालागि श्रेष्ठको अपहरण गरेको हो । अपहरणकारीले उनलाई युवती प्रयोगगरी अपहरण गरेका थिए । तुलसीपुरमा कटाई सिलाई व्यवसाय गर्ने पुजा घर्तीमगर अपहरणमा प्रयोग भएकी थिइन् । उनि हाल फरार छिन् । पक्राऊ परेकालाई आज पत्रकार सम्मेलनगरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।