दाङ,२५ जेठ । घोराही नगरपालिकाको सहयोग र वडा नागरिक मञ्च सेवारको आयोजनामा मंगलबार देखि घोराहीमा दुइ महिने कम्प्यूटर तालिम सुरु भएको छ । स्थानीय सनलाइट कम्प्यूटर इन्टिच्यूटमा तालिम सुरु भएको हो । घोराही ८ सेवारका स्थानीय २४ जनाको लागि दिइने तालिमको मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको हो ।