इन्द्रेणी संवाददाता
कैलाली, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा हिडेको एक गाडी कैलालीको सहजपुरमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ८ जनाको अवस्था गम्भिर रहेको छ । चिप्लो बाटोमा गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ ।