जाजरकोट- दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ ।
उक्त विद्यालयमा प्रावि दुई स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक रहेका छन् भने निजी स्रोतबाट मावि तीन, निमावि तीन र प्रावि एक शिक्षकलाई नियुक्ति गरेर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिए ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सल्लाका खोटाको आम्दानी र गाउँमा आएको विकास निर्माणको कामलाई श्रमदान गरेर उब्रेको रकम विद्यालयको खातामा राखेर निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरेको अध्यक्ष शर्माले बताए । रासस