
अनुसार श्रीमान केहि वर्षदेखि वैदेशिक रोजगारमा रहेकोमा गाउँकै नातामा देबर पर्ने युवकसँग अभियुक्तको शारीरिक सम्बन्ध रहेको र सोहि सम्बन्धले छोरी भएकोमा छोरी गर्भमै रहेको बेलादेखि उनी बाहिर डेरा गरि बस्दै आएको र सासुलाई बुहारीमाथि शंका लागेपछि गाउँ आउन भनेकोमा गाउँमा बच्चा लिएर आउँदा सबैलाई थाहा हुने भनी आउने बेला बाटोमा मारेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । हाल अभियुक्त प्रहरी नियन्त्रणमा रहेकी छिन् भने शवलाई पोष्टमार्टमको लागि जलेश्वर अस्पताल ल्याईएको छ ।