दाङ, १२ असार । आज इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्र अर्थात रमजान । मुलुक भरका इस्लामिकहरुले भव्य रुपमा मनाउदैछन् ।
नमाज पढिसकेपछि मुस्लिमहरुले एक अर्कामा गला मिलाएर ईद मुबारकको शुभकामना आदान गर्ने गर्दछन् । आजको दिन मुस्लिमहरुले आफ्नो घरमा मीठो सेवई , बिभिन्न परिकारहरु बनाएर नजिकका छर छिमेक, साथी, भाईहरुलाई बोलाएर खुवाउने प्रचलन पनि छ ।
रमजानको अवसरमा सरकारले आज सोमवार सार्वजननिक विदा दिएको छ ।