दाङ, ११ असार । नेकपा एमालेका नेता शंखर पोखरेलले एमालेले दोस्रो चरणको निर्वाचनमा पनि पहिलो शक्ति बनेर उदाउने बताउनुभएको छ । निर्वाचनको मौन अवधि सुरुहुनु एक दिन अगाडी घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि नेता पोखरेलले एमाले अव ०५४ सालको स्थितीमा फर्किन लागेको बताउनुभयो ।
एमालेले उठाएका उमेदवारहरुको प्रसंसा गर्दै नेता पोखरेलले भन्नुभयो ‘कार्यकर्ताले रोजेका जनताले खोजेका व्यक्तिहरुलाई हामीले चुनावी मैदानमा उतारेका छौ’ उहाँले अन्य पाटीका उमेदवार भन्दा एमालेका उमेदवार व्यक्तिगत क्षमताका कारण पनि जनमानसमा बलियो रुपमा स्थापित भएको दावि गर्नुभयो । पछिल्लो सन्र्दभमा माओवादी भन्दा कग्रेससँग एमालेको प्रतिशप्रर्धा हुने उनले जिकिर गर्नुभयो ।
प्रादेशिक राजधानिको विषयमा एमालेप्रति लगाएको आक्षेप गलत भएको उहाँको भनाई थियो । सबैले आआफ्नो ठाउँका बारेमा बोल्नु जायज नै भएको उहाँले बताउनुभयो । आफ्नो पक्षमा खुलेर बोल्न पाउनु नै लोकतन्त्र भएको उहाँको भनाई थियो ।