काठमाडौं, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।
चुनावमा सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिएको विज्ञप्तिमा उल्लेख छ ।