चितवन, १० असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलानजिकै पहिरोमा परेर दुई जना प्रहरीको मृत्यु भएको छ । भने दुई वेपत्ता भएका छन् ।
पहिरोले प्रहरीको जिप र एउटा ट्रक बगाएको थियो । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएर बिहीबार राति करिब १ बजे फर्कंदै गरेको प्रहरीको जिप र रोकिरहेको एउटा ट्रक ३ किलो भन्ने स्थानमा पहिरोले बगाएको हो ।
त्यस्तै बा १ झ १३९० नम्बरको जिप सडकबाट १ सय ५० मिटर तल खसेको र ना ५ ख ७८२७ नम्बरको ट्रक भने भीरको बीचमै अड्किएको छ । ट्रकका सहयोगी सानु लामालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।