रोल्पा, ९ असार । संविधानसभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेर चर्चा बटुलेको थबाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ । स्थानीय चुनावमा थबाङीले भाग लिने भएपछि पुनः चर्चामा आएको हो, थबाङ ।
कांग्रेस र स्वतन्त्रको तालमेल ‘नसुहाउँदोु भएको टिप्पणी पनि हुने गरेको छ । चुनाव खारेजीमा नलागेर चुनाव उपयोग किन गरे त थबाङीले रु प्रश्न उब्जिनु स्वभाविक हो । स्वतन्त्र उम्मेदवार त्यसमाथि कांग्रेससँगको अघोषित तालमेलसहित चुनावमा जानुलाई थबाङमा नेकपाकै वर्चस्व कायम गर्ने रणनीतिका रूपमा हेर्न सकिन्छ ।
नेत्रविक्रम चन्द ‘विप्लवु नेतृत्वको नेकपाको प्रभाव क्षेत्र दाबी गरिने थबाङमा स्थानीय चुनाव गर्न कठिन हुने आँकलन गरिएकै बेला नेकपाका कार्यकर्ताले स्वतन्त्रबाट उम्मेदवारी दिएर वर्चस्वको लडाइँलाई पुष्टि गरेका छन् । चुनावमा होमिएको माओवादी केन्द्र पनि यही चुनावबाट थबाङमा वर्चस्व कायम गर्न चाहन्छ । ‘थबाङको विशिष्ट र बाध्यात्मक अवस्थाले स्वतन्त्रबाट चुनाव लड्नु परेको होु, स्वतन्त्र प्रमुख उम्मेदवार घर्तीमगर भन्नुहुन्छ । यसैबाट पुष्टि हुन्छ यहाँको वर्चस्वको लडाइँ ।