प्युठान, ८ असार । प्युठानको सरुमारानी गाउँपालिका ३ की २७ वर्षीया एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । पीडित युवतीले सामुहिक बलात्कार गर्नेविरुद्ध किटानी जाहेरी दिएकी छन् । ती युवतीले स्थानीय गनबहादुर गुरुङ, युगबहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले पटक पटक बलात्कार गरेको भन्दै किटानी दिएकी हुन् ।
पीडितले उजुरी गरेपछि बलात्कारका आरोपी गनबहादुरलाई पक्राउ गरी बुधवार जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको प्रहरी इन्सपेक्टर बद्री ढकालले जानकारी दिए । बलात्कारका संलग्न अन्य दुई जना घटनापछि फरार छन् ।
