असार ७, बेल्टार । अध्यक्ष प्रचण्डले गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिन नहुने बताउनु भएको छ । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाले बेल्टारमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
नेताहरु बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्थे । अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी सिद्धान्त, आर्थिक विकास र समृद्धिको बाली पाक्दैछ, असार १४ गते हुने चुनावले त्यो बाली भित्राउँछ । फेरी पनि पुरानै सामन्तहरु जनताले लगाएको बाली आफ्नो भकारीमा भित्राउने दाउ हेर्दैछन् । यसपालि जनताले लगाएको गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन । माओवादी केन्द्रलाई जिताएर जनताले आफ्नो बाली आफै भित्राउनुपर्छ ।’
माओवादी नेतृत्वको सरकारले युवाहरुको हित र दीर्घकालीन विकासका लागि महत्वपूर्ण काम गरेको प्रचण्डले बताउनु भयो । कार्यक्रममा चौदण्डीगढी नगरपालिका मेयरका उम्मेदवार कुमारसिंह कार्की र उपमेयर मायादेवी राईले नगरको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।