गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रहरी सुधारकार्ययोजना केहीदिन मैसार्वजनिक गर्ने बताउनुु भएकोछ। कञ्चनपुरको धनगडीमा क्षेत्रिय सुरक्षा गोष्टी उदघाटन गर्दै, आज मन्त्री शर्माले निर्वाचन सफल पारेमा सुरक्षानिकायको उचित मुल्यांकन हुने बताउनु भयो।
यसैगरी उहाँले विभिन्न जिल्लाहरुको चुनावी निरीक्षण र सुरक्षा प्रतिनीधीहरुसँगको अन्तरकृयाले दोस्रो चरणको निर्वाचन पनि शान्ति पुर्वक सम्पन्नहुने निष्कर्ष निकालेको बताउनुभयो।
साथै उहाँले एउटा जिल्लामा उम्मेदवारी दर्ता गर्ने दलले अन्यस्थानमा विरोध प्रर्दशन गरेको नसुहाउने पनि बताउनुभयो। मन्त्री शर्माले दलहरु बिच प्रतिस्पर्धात्मक कलहदेखिएमा कुशलता पुर्वक सहजीकरण गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भयो।
उहाँले जनताको मतदान गर्ने उत्साह र अधिकारको कदर गर्दै भौगोलिक तथा प्रतिकुल मौसमसँग पनि सामना गर्न सकिने बताउनु भयो।गोष्टीमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचनआयुत सुधीरशर्मा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका बलाधिकृत रती बलदेवराज महत, सुदूर–पश्मिका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिती थियो।
