परासी, ६ असार । स्थानीय तहको निर्वाचनमा असन्तुष्ट व्यक्त गर्दै आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष र जिल्ला संयोजकसहित वाह्र जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।
प्रदेश ५ मा रहेको परासी क्षेत्रको स्थानीय तह निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले शनिबार र आइतबार ३१ जनालाई पक्राउ गरेको थियो।