दाङ ६ जेठ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई आज निर्वाचन चिन्ह वितरण गर्दैछ । चुनाव हुने स्थानका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्न लागेको हो ।
अहिले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूले २०७० सालको संविधानसभा निर्वाचनमा जुन निर्वाचन चिह्न पाएका थिए अहिले त्यही निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
