Indrenionline.com

राष्ट्रिय एकतामा आँच पुग्ने गतिविधि सैय हुँदैन- सेना

काठमाडौं, ५ असार । नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ ।केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तŒवहरू सक्रिय हुँदै आएको उल्लेख गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्यस्ता गतिविधि सह्य नभएको बताए ।

‘हाल राष्ट्रिय सुरक्षाको दृष्टिले देशमा उत्पन्न चुनौतीबारे चर्चा गर्दै नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधिहरू नेपाली सेनाका लागि कदापि स्वीकार्य नहुने कुरा उल्लेख गर्नुभयो,’ प्रधानसेनापति क्षत्रीको भनाइ उद्धृत गर्दै सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तŒवहरू सक्रिय हुँदै आएको हुँदा यसको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने र संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि नहट्ने कुरा उपस्थित रथीवृन्दलाई जानकारी गराउनुभयो ।’ राजधानीमा खबर छ । सेनाले राजनीतिक मागहरू राजनीतिक तहबाटै हुनुपर्नेमा पनि स्पष्ट पारेको छ ।

पूर्वप्रधानसेनापतिहरू तथा बहालवाला एवं अवकाश प्राप्त रथीवृन्दसँग आइतबार जंगी अड्डामा भएको अन्तक्र्रियामा प्रधानसेनापति क्षत्रीले संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न सेना कदापि पछि नहट्ने स्पष्ट पारे ।