असार ४, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भुवानी राणा र उपाध्यक्ष चन्द्र ढकालले भेट गर्नुभएको छ ।
सोमबार दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नीजि क्षेत्रले निकै ठूलो उत्प्रेरणा र हौसला प्राप्त गरेको बताउनु भयो ।
भेटमा अध्यक्ष प्रचण्डले आफूले निकै मेहेनत गरेर नै देशमा लोडसेडिङको अन्त्य, तिब्र आर्थिक वृद्धिदर, मूल्य वृद्धि नियन्त्रण, बन्द, हड्ताल नहुने वातावरणको सिर्जना र विकास आयोजनाहरुले तिब्रता पाएको बताउनु भयो । आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थिरता महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा नरहे पनि नेपालको विकास र प्रगतिका लागि आफ्नो निरन्तर पहल रहने बताउनु भयो ।