इन्द्रेणी संवाददाता
रुकुम, ४ असार । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल पार्न सरकारले सबै किसिमका सुरक्षा रणनीति अपनाउने बताएका छन् ।
प्रदेश नं. २ को निर्वाचनलाई सरकारले सारेकोमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा गृहमन्त्री शर्माले करीव २० वर्षपछि हुन लागेको यो निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही निर्वाचन मिति सारिएको जवाफ दिए ।