काठमाडौं, ३ असार । आज दर्जिलिङमा गोली लागी ३ जनाको ज्यान गएको छ। बिहान ११ बजेपछि भएको झडपमा दुई आन्दोलनकारी र एक प्रहरीको ज्यान गएको हो ।
गोली चलेपछि आक्रोशित आन्दोलनकारीले सिंहमारीमा एक प्रहरीलाई खुकुरी हानेका छन्। मृतक प्रहरीको नाम किरण तामाङ भएको बताइएको छ।
ममता बनर्जीको पश्चिम बंगाल सरकारले नेपालीभाषी क्षेत्रका सरकारी विद्यालयमा बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि मोर्चाले गत सोमबारदेखि अनिश्चितकालिन दार्जिलिङ बन्द आह्वान गर्दै आन्दोलनमा उत्रेको थियो ।