इन्द्रेणी संवाददाता
दाङ, २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको हिनामिना गरेको अभियोगमा दाङस्थित पञ्चकुले सरस्वती उमावि व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र लेखापालविरुद्ध आज मुद्दा दायर गरेको छ ।
भवन निर्माणमा क्रममा निर्धारित कार्यमा निर्धारित गुणस्तरभन्दा झुटो बिल भर्पाई बनाई गैरकानुनी काम गरेको र अनावश्यक लाभ लिएको पाइएकाले उनीहरुबाट बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । ( रातो पाटीमा खबर छ )