काठमाडौंँ, १ असार । प्रमुख दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साथै प्रतिपक्षी दल नेकपा ९एमाले० स्थानीय तहको दोस्रो चरणको चुनाव असार १४ गते नै गर्न एकमत देखिएका छन् तर असन्तुष्ट दल राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन सहमत भए यो मितिमा केही लचकता भने देखिन सक्छ ।
चुनावको सबै तयारी पूरा भइसकेकाले सरकार अब चुनावको मिति सार्ने पक्षमा नरहेको हुँदा राजपा नेपाललाई पनि चुनावमा सहभागी हुन उहाँले आग्रह गर्नुभएको थियो ।
असार १४ गते हुने चुनावका लागि असार २ गते उम्मेदवारी मनोनयन दर्ता गराउने समयसीमा तोकिएको छ । राजपा नेपालका लागि तयारी पुगेको छैन, त्यसका लागि केही प्राविधिक कुरा मिलाउन समय अपुग हुन्छ भने मनोनयन दर्ता गराउने समय दुईचार दिनका लागि थप्नु परे थप्नका लागि सरकार तयार रहेको धारणा पनि सत्तापक्षबाट आएको बताइएको छ ।
चुनावअघि संविधान संशोधन र स्थानीय तहको सङ्ख्या थप्ने कुरा हुन सक्दैन, अरू बाँकी विषयमा छलफल गर्दै टङ्ग्याउँदै जाने दलहरूको अडान छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले भन्नुभयो, “प्रधानमन्त्रीले असार १४ गते नै चुनाव गर्ने भन्नुभएको छ, त्यसमा राजपा नेपाललाई पनि सहभागी गराउने प्रयास भइरहेको छ । ”