काठमाडौं, ३१ जेठ। २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर एवं नेपाली कांग्रेसका नेता ललन चौधरी ने।क।पा। ९माओवादी केन्द्र० मा प्रवेश गर्नुभएको थियो ।
जनकपुर क्षेत्रमा जिउँदो सहिदको नामले चिनिने चौधरी ‘माओवादी नीति र प्रचण्डको नेतृत्व क्षमताबाट प्रभावित भएर आफू माओवादी केन्द्रमा प्रवेश गरेको’ बताउनु भयो । चौधरीले भन्नुभयो, ‘दशकौं लामो राजनीति गरियो । तर, देशको एकता र सबैको हितका लागि सोच्ने र लड्ने पार्टी माओवादी मात्रै लाग्यो । प्रचण्डको राजनीतिक क्षमताबाट म निकै प्रभवित छु, त्यसै भएर माओवादी केन्द्रमा आएँ । अब म निस्वार्थ रुपमा राजनीतिमा निरन्तर लाग्नेछु ।’
चौधरीलाई माओवादीमा प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललन चौधरीको माओवादी आन्दोलनमा प्रवेशले जनकपुर क्षेत्रमा नयाँ उत्साह र गति पैदा गर्ने’ बताउनुभयो ।