सुचना दिनेलाई १ लाख पुरस्कार
बिमल गौतम
तुलसीपुर ,३० जेठ। मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले ब्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तत्थ्य बाहिर आउने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भै रहेको भन्दै दुई चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताउनु भएको हो । शुक्रबार देखि अपहरणमा पर्नु भएका तुलसीपुरका प्रतिष्ठीत ब्यवसायि श्रेष्ठको खोजिमा राज्यले आफना सवै संयत्र परिचालन गरेको समेत बताउनु भयो । घटना किन र के का लागी भएको हो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको भन्दै अहिले नै यसै भन्न सक्ने अवस्था नरहेको बताउनु भयो ।
डिआईजि कायश्थका अनुसार राप्ती अंचल प्रहरि प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा दाङ जिल्ला प्रहरि प्रमुख , बाके जिल्ला प्रहरि प्रमुख र सल्यान जिल्ला प्रहरि प्रमुख सदस्य रहेको अनुसन्धान समिति समेत बनाएको छ । साक्षात्कारमा बोल्दै डिआईजि कायस्थले प्रहरिले घटनामा संलग्न भएको हुन सक्ने भन्दै २ जना ब्यक्तिहरुको स्केच तयार गरि सार्वजनिक गरेको छ । साथै प्रहरिले घटनाको बारेमा सुचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने समेत बताएको छ ।
साक्षात्कारमा बोल्दै डिआईजी कायस्थले दोस्रो चरणको निर्वाचन अन्र्तगत असार १४ गने हुने निर्वाचनका लागी मध्य पश्चिम संवेदनशिल क्षेत्रमा पर्ने भन्दै सोहि अनुसार प्रहरि परिचालन गर्ने तयारी भै रहेको बताउनु भएको छ । निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागी प्रहरि तयारि अवस्थामा रहेको समेत उहाँले बताउनु भयो । कार्यक्रमको सहजीकरण क्लवका कोषाध्यक्ष बालाराम खडकाले गर्नु भएको थियो ।