दाङ, २९ जेठ । दाङमा राष्ट्रिय अनुसन्धान विभागका एक प्रहरी कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिंदै हिडेको भेटिएको छ । राजपुर ७ सिक्टा घर भएका अनुसन्धान प्रहरीका असइ लालबीर खड्का कांग्रेसका भेलामा पुगेर चुनाव कसरी जित्ने भन्ने बिषयमा प्रशिक्षण दिंदै हिडेको स्थानीयले बताएका छन् ।
खड्काले विभागको केन्द्रमा आर्थिक लेनदेनन गरेर दुई बर्षअघि ५ जना युवालाई बिभागमै जागीर गराइदिएका थिए । उनीहरुलाई समेत चुनावमा प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् । असइ खड्काले राजनीतिबाहेक काठको ठेक्कापट्टा पनि गर्दै आएका छन् ।
खड्काले गाउँमा आफू एआइजी गणेश अधिकारीको मान्छेको भएकाले कसैले केही गर्ननसक्ने भन्दै निर्धक्क कांग्रेसको चुनाव प्रचार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । खबरडवलीमा खबर छ । दाङ सतरियाकै खुमबहादुर खड्का गृहमन्त्री भएको बेला विनाप्रतिष्पर्धा सयौं व्यक्ति अनुसन्धान विभागमा छिरेका थिए । उनीहरुमध्ये धेरैले अरु समयमा कार्यालयको काम गरे पनि चुनावको समयमा राजनीतिक गतिबिधिमा सक्रियह हुने गरेका छन् ।