दीपक बोहरा
तुलसीपुर, २८ जेठ । पुर्बप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको दोस्रो चरणको निर्बाचनको मिति अब कुनै पनि हालतमा नसर्ने बताएका छन् । सरकारले असार १४ भन्दा पछि चुनाब सार्न खोज्यो भने त्यो कुरा नेकपा एमालेलाई मान्य नहुँने उनले बताए ।
नेकपा एमाले राष्ट्रियता सार्वभौमसत्ताको रक्षा र शुसानका लागि संघर्षको मैदानमा उत्रिएको समेत अध्यक्ष ओलीले बताए । ओलीले निर्वाचन निष्पक्ष र भयरहित वनाउन आग्रह गर्दै पैसाको दुरपयोग, प्रशासनको गलत प्रयोग हैन एमालेलाई निष्पक्ष निर्वाचनवाट जनताको पवित्र मतले जित्ने ठोकुवा गरे ।
यसैगरी एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेस माओवादीले एमालेको बारेमा कुप्रचार गर्दै हिडेको आरोप लगाए । देशभर एमालेको लहर छाएको देखेर सहन गर्न नसकी एमालेको बारेमा गलत हौवा फैलाएको आरोप लगाए ।
नेता शंकर पोख्रेलले एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले धेरै भन्दा धेरै महिला, जनजाति, दलित र पिछडिएका वर्गहरुलाई स्थान दिएको दावी गरे ।