सोलुखुम्बु । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनपछि बनेको जनसरकारमा कांग्रेस एमालेहरु पनि आएको बताए ।
चुनौतिपूर्ण समयमा बनेको सरकारले नमूनायोग्य काम गरेको प्रचण्डले बताए। उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं । प्रचण्ड प्रधानमन्त्री नभएको भए राष्ट्रिय एकता जोगिन्थ्यो त रु फास्ट ट्रयाक नेपाल आफैले बनाउँथ्यो त ? भारत र चीनबीच सन्तुलित सम्बन्ध बन्थ्यो त ? १८ घण्टासम्मको लोडसेडिङ अन्त्य हुन्थ्यो त रु ०।८५ मा रहेको आर्थिक बृद्धिदर ७।५५ पुग्थ्यो त रु विकास आयोजनाहरुले तिब्रता पाउँथे त ? विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गर्न सक्थे त ? पक्कै सक्दैनथे । त्यसैले हामीले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएका छौं ।’
प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले ‘प्रधानमन्त्री पदमा रहँदा सम्पूर्ण ध्यान संविधान कार्यान्वयन, विकास र समृद्धिमा केन्द्रित गरें । माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों राखिनँ । अबको ध्यान पार्टी निर्माणमा दिन्छु । प्रदेश र सङ्घको निर्वाचनसम्म माओवादी केन्द्र पहिलो पार्टी बनाउने संकल्प गर्छु । अरुले कुहेको पीठो बेचिरहेका छन्, हामीले गुणस्तरीय चामल बेचौं र माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने संकल्प गरौं ।’