काठमाडौं, २६ जेठ । व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची हटाइएको छ।
व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन लगत्तै राजपा नेपाल लगायतका राजनीतिक दलका माग सम्बोधन गर्न आफ्नो पहिलो प्रयास रहने बताए । संसदको बैठक जेठ २८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ।