सुन्सरी, २६ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदको उम्मेदवार छनौटमा विवाद देखिएको छ । त्यहाँ पार्टी केन्द्रले गरेको निर्णयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएको छ ।
उनीहरूले नगर समिति, सुनसरी २ नम्बर क्षेत्रीय कार्यालय र सुनसरी जिल्ला पार्टी कार्यालयमा समेत तालाबन्दी गरेका छन्। उनीहरूले पार्टीले तत्कालै निर्णय नसच्याए इटहरी उपमहानगरपालिकाका २० वटै वडाका अध्यक्ष उम्मेदवारले राजीनामा दिएर पार्टी निर्णयविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
बिहीबार नेपाली कांग्रेसको केन्द्रीय समितिअन्तर्गत कार्यसम्पादन समितिको बैठकले इटहरीमा रोहित प्रसाईंलाई मेयर पदमा उठाउने निर्णय गरेको थियो। तर, उक्त निर्णयणबाट असन्तुष्ट बनेका पौडेल पक्षधर कार्यकर्ता बिहीबार साँझदेखि नै आन्दोलित बनेका हुन्।