सल्यान, २६ जेठ । सल्यानको सल्लीबजार–रुकुम चौरजहारी सडकखण्डमा पक्की पुल निर्माण र सडकको स्तरोन्नतिको काम अलपत्र परेको छ । उक्त सडकखण्डको बीचमा बन्दै गरेका नाली र खोलाहरुमा सल्याप, ह्युमपाइप, तारजालीको कामसमेत अलपत्र परेको छ । एक वर्षभित्र सकिसक्नुपनेर् सम्पूर्ण काम ठेकेदार बेपता भएपछि रोकिएको काममा संलग्न मजदूरहरुले बताएका छन् ।
सल्लीबजारदेखि चौरजहारीसम्मको सडकको अवस्था भग्नावशेष जस्तै रहेको छ । खाल्टाखुल्टी र हिलोले गर्दा यातायातका साधन आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । अकोर् तर्फ चार करोड ७४ लाखमा ४० मिटर लम्बाइको बनगाडखो लामा निर्माणाधीन पक्की पुलको काम समेत ठेकेदारको लापरवाहीले अलपत्र रहेको छ ।
कामको जिम्मा पाएको हरिहरि गजुरमुखी जेभी काठमाडांका ठेकेदार हरिबहादुर रावत बेपत्ता भएका छन् । जग्गा मुआब्जाले समस्या बनाएको भन्दै पक्की पुलको कामको जिम्मा लिएका ठेकेदार भागेको स्थानीय जग्गाधनीहरु बताउछन् ।
ठेकेदारले जग्गा मुआब्जाको विषयमा कुनै छलफल नगरेर भागेको उनीहरुको आरोप छ । त्यसै गरी सडकको नालीलगायत अन्य कामको एक करोड बराबरको कामको जिम्मा लिएका ठेकेदार डिल्लीबहादुर रावतसमे त काम नगरी फरार रहेका छन् । चार महिनादेखि काम गर्न छाडेका ठेकेदार वर्षा सिजन शुरु हुदासमेत काम गर्न फकेर्का छैनन् । नयाँ युगबोधबाट