Indrenionline.com

कामु प्रधानन्यायाधीश पराजुली विरुद्धको रीट खारेज

काठमाडौं, २५ जेठ। सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म २०१० साल बैशाख महीनामा भएको स्पष्ट गरेको छ ।

एक रिट निवेदनलाई निवेदकले फिर्ता लिन दिएको माग बमोजिम हुने गरी आदेश गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कायममुकायम प्रधानन्यायाधीशको जन्म २०१० साल भएको स्पष्ट गरेको हो ।

यस अघि पराजुलीको जन्म मिति २००९ साल भएको भन्दै विवाद भइरहेको थियो । अधिवक्ता विकास गिरीले पराजुलीको उमेर विवाद भएका कारण उनलाई प्रधानन्यायाधीशमा नियुक्त नगर्नको लागि आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आफूले लिएको दावी अनुसार प्रमाण पु¥याउन नसक्ने उल्लेख गर्दै सो रिट निवेदन फिर्ता लिन गिरीले निवेदन दिएका थिए ।

न्यायाधीश भण्डारीको एकल इजलासले माग बमोजिम फिर्ता हुने उल्लेख गर्दै कामु प्रधानन्यायाधीश पराजुलीको उमेर विवादमा स्पष्ट गर्दै उनको जन्म मिति २०१० साल नै देखिएको स्पष्ट गरेको छ । रिट निवेदनमा पराजुलीको शैक्षिक योग्यताको बारेमा पनि विवाद गरिएको थियो ।