दाङ २३ जेठ । सल्यानमा आइतबार बेलुकी यात्रुबाहक ट्याक्सी पल्टीदा एक बालिका सहित २ जनाको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राप्ती तुलसीपुरले जनाएको छ ।
उनीहरुको राप्ती अंचलअस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठले जानकारी दिए ।
घटनामा परी १९ जना घाइते भएका छन् । घाइते भएका मध्ये गम्भिर घाइते भएका गाडी मालीक भिमबहादुर रानालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भइरहेको अञ्चल प्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए । पहाडको बाटो त्यसमा पनि चालक नयाँ भएकाले ट्याक्सी पल्टिएको यात्रुहरुले बताएका छन् ।