काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा भारतले बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरी बधाई दिएको मोदीले ट्वीट गरी जानकारी दिएका छन् । ‘श्री देउवाको नेतृत्वमा नेपालले शान्ति समृद्धि र प्रगतिको बाटोमा अगाडि बढोस् भन्ने शुभकामना उहाँलाई दिन चाहन्छु,’ उनले ट्वीटमा लेखेका छन् ।
यसैगरी, नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा नेपालको प्रधानमन्त्रीमा निवाएचित भएकोमा चीनले बधाई दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।