बर्दिया, २३ जेठ । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ । राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका– १ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से ५ प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो ।