काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनुभन्दा एक दिन अघिनै सर्वोच्च अदालतबाट बिदा भएकी छिन्।
यद्यपी कार्कीले आफू जाँदाजाँदै प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाममा भने पराजुलीलाई पनि पारेर गएकी छिन्। न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्माको सो सूची कार्कीले संवैधानिक परिषदमा पठाएकी छिन्।