जेठ २२ – भारतको उत्तर प्रदेशमा यात्रु बस र ट्रक ठोक्किँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । सोमबार बिहान उत्तर प्रदेशको बरेलीमा दुर्घटना भएको हो ।
ठक्कर दिने ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थल उत्तर प्रदेशको राजधानी लखनउबाट दुई सय ५१ किलोमिटर पर पर्छ ।