भक्तपुर २१ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा आयोगले गरेको निर्णयमाथी सरकारको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ ।
र
भरतपुको विषयलाई माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराएलगत्तै एमालेले अतिरञ्जित पारेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘निर्वाचन
आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगको विषयमा सरकार वा कोही कसैले हस्तक्षेप गर्ने कुरा हुँदैन र मिल्दैन, भरतपुरको विषयमा सरकारको तर्फबाट आयोगमाथि कुनै हस्तक्षेप छैन’ मन्त्री नायकले यसअघि पनि भरतपुरको सम्बन्धमा निर्वाचन आयोगले गर्ने निर्णय सरकारलाई मान्य हुने प्रष्ट पार्नुभएको थियो ।
उहाँले निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताउनुभयो । आयोगले गरेको निर्णय सबै दलले स्वीकार्नुपर्नेमा जोड दिनुहँदै उहाँले भन्नुभयो, ‘नबुझिने गरी मतपत्र च्यातिएपछि पुन मतदान गर्ने विषय कानुनमै उल्लेख भएको विषय हो, विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण हामीसँग छ, अहिले एमालेले यो घटनालाई अतिरञ्जित गर्न आवश्यक छैन’ मन्त्री नायकले आयोगले निर्णय गरिसकेको भरतपुरको घटनालाई लिएर नयाँ
बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र पधानमन्त्री चयन प्रक्रिया प्रभावित बनाउन खोज्नु ठिक नभएको बताउनुभयो ।
उहाँले एमालेजस्तो संसदीय अभ्यासमा पोख्न दलले निर्वाचन आयोगको विरुद्धमा संसद अवरुद्ध पारेर संकीर्ण मानसिकता बोकेको बताउनुभयो ।