काठमाडौं, २१ जेठ । एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । आइतबार आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको लाभकर बुझाएको हो ।
एनसेलले यसअघि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेको थियो । लामो समयदेखि लाभकर नबुझाएको भन्दै एनसेलको चर्को आलोचना खेप्दै आएको थियो ।