Indrenionline.com

राप्ती उपक्षेत्रीय अस्पतालका डाक्टरको छोरा छतबाट खसेर मृत्यु

दाङ, २० जेठ । राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. जीत नारायण यादवलाई पुत्र शोक परेको छ । उनको ८ बर्षीय छोरा आदित्यको शनिबार बिहान ६ बजे तिर छतबाट खसेर मृत्यु भएको छ ।

राप्ती उप–क्षेत्रीय अस्पतालको डाक्टर क्वाटर भवनमा वसोवास गर्दै आएका आदित्यको भवनको छतमा खेलिरहेको अवस्थामा खसेर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. जनार्दन पन्थीले भवनको छतमा खेल्दै गरेका यादव खेल्दाखेल्दै एक्कासी छतबाट खस्दा गम्भीर घाइते भइ  उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।