काठमडौ २० जेठ । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।
प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् । सहमतीय सरकारका लागि दिइएको समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको हो । नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ ।