माधव बेल्वासे
चन्द्रौटा २० जेठ । माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय जनता पाटी नेपाल कपिलवस्तुले आफ्नो अन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजपा नेपाल कपिलवस्तुको चन्द्रौटामा बसेको बृहत बैठककले अन्दोलनलाई सशक्त पार्दै लैजाने निर्णय गरेको छ ।
मधेशका मागलाई सम्वोध नगरि कुनै पनि हालतमा स्थानिय तहको चुनाव हुन नसक्ने कार्यक्रममा नेताहरुले वताए । राजपा शिवराज नगरपालिकाका अध्यक्ष मण्डलका अध्यक्ष मोहम्मद मुस्ताफ खाँँको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेता तथा पुर्व मन्त्री इश्वर दयाल मिश्रा, रविदत्त मिश्रा, मगंल प्रसाद गुप्ता, विजय जयसवाल, गंगेश तिवारी, फरहन अकबाल खा, मेनाज खा पप्पु, बालजी चौधरी, अरविन्द सिह, हरीहर मिश्र लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो .