Indrenionline.com

बिद्यालय बिमुख किशोरीले चुरा पोते बुन्न सिके

गोविन्द खड्का
घोराही, १८  जेष्ठ। कक्षा नौ पढ्दै गर्दा विद्यालय छाडेकी लालमटियाको पाखापानी निवासी किशोरी सुस्मा कुमाल सोमवार घोराहीमा खुशि देखिनुभयोे । सात दिने पोते चुरा बुनाई तालिम लिएपछि उहाले उपलब्धी भएको महशुस गर्नुभएको छ । कुमाल लगाएत विद्यालय विमुख तिस किसोरीहरुलाई महिला तथा वालवालिका कार्यालय दाङले घोराहीमा सिपमुलक तालिम दिएको थियो ।

हलभरी छर्लक्कै किशोरी घोप्टो परेर केहि न केहि काममा व्यस्त थिए । कसैको हातमा सियो धागो थियो, कसैकोमा मोतिगेडा अनि कसैले उनिरहेका तथा बुनिरहेका देखिन्थे । बैश भरिएका युवतीहरुले रमाएर काम गरेको दृश्य रहरलाग्दो थियो । तयार गरेका पोते, माला भित्तामा टंगाएको अबस्थाले तालिममा सहभागि किशोरीको जिवनको लय बदलेको भन्न सकिन्थ्यो ।

एसएलसि पास गर्न नसकेपछि लालमटिया मौरी घाटकी डिला चौधरी सिलाई कटाई पेशा समात्नु भयोे । त्यसलाई पनि छोडेर चौधरी पोते चुरा बुनाई तालिमका लागि घोराही आउनु भएको छ । तिन बर्ष अघि दुईपटक सम्म प्रयास गर्दा पनि असफल भएको एसएलसि परिक्षा भन्दा सातदिने तालिमले ठुलो उपलब्धी हासिल भएको बताउनुहुन्छ । ‘मलाई सबै भन्दा जा“गर यसैमा लाग्यो’ खित्तिक्क हासेर खुशि व्यक्त गर्दै चौधरीले भन्नुभयो, ‘सिलाई छोडेर विस्तारै यसैमा समय दिन्छु ।’

कमाई अलि बढि यसैमा हुने चौधरीले आशा गर्नुभएको छ । गतिलो बनाउन अभ्यासले सिकाउने छ तर तयार पार्ने भने जानी सक्नु भएको छ । महिलाहरुका श्रृगारका सामानहरु झुम्का, टप औठि, सनफ्लावर माला, चुरा, रानीहार, सादा माला लगाएतका श्रृगारका सामान तयार पार्न सक्नु हुन्छ । यसको बजार पनि राम्रो र मुल्य पनि उचीत भएकाले निरन्तरता दिने चौधरीको भनाई छ । उहा जत्तीकै खुशि सबै सहभागिहरु आफुले बनाएका सामान देखाएर फोटाखिच्न झम्मिए ।

केहिले तत्कालै व्यवसाय गरेपनि थाल्न सक्ने सिपको विकास गरेको प्रशिक्षक सिमा चौधरीको भनाई छ । मनकामना महिला विकास वचत तथा ऋण सहकारी संस्थाका सदस्य चौधरीका अनुसार साथमा मोवाईल र बाहिर बजार हुदा पनि किशोरीहरुको ध्यान तालिम भन्दा अन्त गएन । भित्र बस्दा पनि सबै कसरी तयार गर्ने र राम्रो बनाउनेमा लागिपरे । यसले गर्दा तालिम उपयुक्त थियो । समय भन्दा आधा घण्टा अगाडि हलमा पस्ने प्रशिक्षार्थी पाउदा प्रशिक्षक गोमा बस्नेत निकै उत्साहित देखिनुभएको छ । ‘केहि समयपछि पुनः ताजकि तालिम दिएपछि धेरैले पेशा अंगाल्छन्’ सहकारीका अध्यक्ष एवं प्रशिक्षक वस्नेत भन्नुहुन्छ ‘किशोरीको च्वाईसको तालिम भएको छ ।’

तालिम संयोजक एवं महिला तथा वालवालिका कार्यालय दाङका महिला विकास निरीक्षक गुप्ता अधिकारी प्रति व्यक्ति तिनहजार पाच सय नगद कार्यालबाट दिने व्यवस्था रहेको बताउनुहुन्छ । बस्तुगत टेवा शिर्षकमा दिईने सो रकमले तालिम लिएका किशोरीहरु कच्चा पदार्थ खरीद गर्ने छन् । त्यसै बाट व्यवसाय चलाउने छन् । कार्यालयका प्रमुख विश्वमणी ज्ञावली किशोरी सिपविकास तालिमको खर्च कता लगाउने भन्ने सोचिरहनुभएको थियो । उहाकाअनुसार लमहिको सहकारी हेरेपछि पोते चुरा फु¥यो ।

बाख्रापालनमा दिए मरेर सकिन्छन् । त्यो पेशा प्रति किशोरीको मोह छैन भन्ने लाग्यो । ‘किष्टलमाला बनाए गोठालो जादा पनि बनाउन सकिन्छ’ प्रमुख ज्ञावलीले भन्नुभयो, ‘घरमा फुर्सद हुदाको समयमा बुने मात्रै पनि सामान्य खर्चटार्ने कमाई दिन्छ ।’ उहाका अनुसार सुन्दरताको लागि औठि, माला, टप, झुम्का हरेक चिज अन्तैै किन्नु पर्छ । सधै काठमाण्डौ, ईण्डिया बाट आएको लगाउनु वाद्यता छ । तालिमले यहि पनि बनाउन सकिन्छ भन्ने सन्देश गएको छ । घर दैलोमै बसेर महिलाहरु गतिलो कमाई गर्न सकने वातावरण बनाएको छ । चुरा पोते नलगाउने महिलाहरु निकै कम छन् । त्यसैले बजारको पनि चिन्ता गर्नुपर्दैन ।