Indrenionline.com

अपडेट-बाजुरामा नेपाली सेनाको विमान दुर्घटना, पाइलट महासेनानी गुरुङको मृत्यु, दुई घाइते

बाजुरा, १६ जेठ । नेपाली सेनाको कल साइन एन ए ०४८ कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।

कार्गो बोकेर हुम्लाको सिमिकोट गएको विमान खरब मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थल पुगेको र त्यही दुर्घटना भएको बताइएको छ ।

कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज मध्यान्ह करिव सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । दुर्घटनापछि जहाजमा आगलागी समेत भएको खबर छ ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

सुवेदार पूर्णबहादुर खड्का र अनिता आले घाइते छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज पुरयाइएको छ ।