तुलसीपुर, १६ जेठ । हास्य कलाकार हरिवंश आचार्यले पछिल्लो चरणमा कलाकारितामा व्यावसायिकता वढ्दै गएको दावी गरेका छन् । तुलसीपुरमा चलचित्र पत्रकार संघ दाङले आज तुलसीपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आचार्यले भने–‘हाम्रो समयमा व्यावसायिकता भन्दा पनि रहरका लागि मानिसहरु कलाकारितामा लाग्थे तर अहिले कलाकारिताले व्यावसायिकताको रुप लिएको छ, कलाकार वनेरै सुन्दर तरिकाले जीवन निर्वाह गर्न सकिन्छ ।’