दाङ, १५ जेठ । गस्तीमा हिँडेका नेपाली सेनाले बोकेको हतियार पड्कदा दाङमा एक जना नेपाली सेनाको मृत्यु भएको छ। घोराहीस्थित रिपुमर्दन गणमा कार्यरत नेपाली सेनाका अमल्दार किशन थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ सोमबार दिउँसो नेपाली सेनाको गस्ती टोली गढवा जाँदै गर्दा आफैंले बोकेको हतियारबाट गोली चल्दा थापा घाइते भएका थिए । घाइते थापाको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएकोे प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको रिपुमर्दन गण घोराहीका गणपति राजन खड्काले जानकारी दिए ।