काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष आव २०७४÷७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारको बजेट ल्याएको छ ।
विनियोजित रकममध्ये ८ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र ३ खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फको रहेको छ ।