Indrenionline.com

दोस्रो चरणको चुनाव १० दिनका लागि पछि सर्ने

काठमाडौं १५ जेठ । जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने अनौपचारिक सहमति भएको छ।


आइतबार बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने विषयमा अनौपचारिक सहमति गरेको हो।